सातै प्रदेशबाट इ–पासपोर्ट पाउने व्यवस्था गर्न सांसदको माग

मंगलबार, ९ जेठ, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले सातै प्रदेशबाट इ–पासपोर्ट पाउने व्यवस्था मिलाउन माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्। त्यस्तै इमर्जेन्सी इ–पासपोर्ट प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट दिनुपर्ने उनको भनाइ छ।

‘इ–पासपोर्ट लिन नेपाली जनताले असाध्यै ठूलो सास्ती व्यहोर्नुपरेको छ। तुरुन्त इ–पासपोर्टको फिल्डर मेसिन सातै प्रदेशको राजधानीमा राख्ने व्यवस्था गरियोस्। र, इमर्जेन्सी इ–पासपोर्ट प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट दिने व्यवस्था गरियोस्,’ सांसद गुरुङले भने।

सुझावित समाचार