मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ९ मंगलबार
  • Tuesday, 26 September, 2023
सौरभ यादव राजविराज
२०८० जेठ ९ मंगलबार १३:३२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

माओवादी मधेस प्रदेश सरकारबाट बाहिरियाे

Read Time : < 1 मिनेट
२०८० जेठ ९ मंगलबार १३:३२:००

नेकपा (माओवादी केन्द्र)ले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेलगत्तै माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको हो।

गठबन्धनको मर्म र भावनाविपरीत मुख्यमन्त्रीले एकलौटी रूपमा कांग्रेसका मन्त्रीहरूलाई शपथ गराउने निर्णय गरेपछि मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका नेता भरतकुमार साहले जानकारी दिए।

माओवादी केन्द्रबाट मधेस प्रदेशमा एक मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका थिए। नेता साहले मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको बताए।

स्रोतका अनुसार माओवादी केन्द्रलाई थप एक मन्त्रालय दिने गठबन्धनमा सहमति भएको थियो। तर, मुख्यमन्त्री यादवले लोसपा र माओवादीलाई छाडेर कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गरेका छन्।

कांग्रेसलाई एकलौटी रूपमा सरकारमा सहभागी गराएपछि असन्तुष्ट लोसपा, जनमत र माओवादी केन्द्रको संसदीय दलका नेताहरू अहिले बैठक बसिरहेका छन्।