१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्क्रब टाइफसबाट कसरी बच्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५o:oo

‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणुले संक्रमित किर्नाले टोकेपछि स्क्रब टाइफस लाग्छ । प्रायजसो मुसा वा अन्य जीवजन्तुको शरीरमा बस्ने यस्तो संक्रमित किर्नाले टोकेको ५ देखि ६ दिनमा मानिसलाई ज्वरो आउने, शरीरमा रातो बिमिरा आउने, शरीर दुख्ने, ग्रन्थि सुन्निनेलगायत लक्षण देखिन्छन् ।

परजीवीले टोकेको भागमा कालो दाग देखिन्छ र कतिपयको नदेखिन पनि सक्छ । यो जीवाणु छालाबाट शरीरभित्र पसेपछि रगतका माध्यमबाट अन्य भागमा सर्छ । समयमै उपचार नभए यो शरीरका अन्य अंग मुटु, कलेजो, फोक्सो, मिर्गौलामा समेत फैलिएर बिरामीको मृत्यु हुन सक्छ । 

लक्षण
अत्यधिक ज्वरो आउने ।
शरीरमा रातो बिमिरा आउने ।
शरीर दुख्ने, आँखा रातो हुने ।
खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउने । 
ग्रन्थिहरू सुन्निने ।
पसिना आउने ।
श्वासप्रश्वासमा समस्या देखिने ।


कसरी बच्ने ?
झाडी या बारीमा जथाभावी नबस्ने र नांगो खुट्टाले नटेक्ने । 
घरवरिपरि सफा राख्ने, चौर या झाडीमा नसुत्ने । 
खेतबारीमा जाँदा पन्जा प्रयोग गर्ने । शरीर ढाक्ने लामो कपडा लगाउने । 
लक्षण देखिएमा स्वास्थ्य संस्थामा गएर उपचार गर्ने । जथाभावी औषधिको सेवन नगर्ने । 
आराम गर्ने । प्रशस्त पानी पिउने ।

 

ad
ad