नीति तथा कार्यक्रमले आशा जगाएको छ : रास्वपा सांसद तोसिमा कार्की

नीति तथा कार्यक्रममाथि प्रतिक्रिया

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रमले आशा जगाएको बताएकी छिन् । 

नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिँदै गर्दा उनले सञ्चारकर्मीलाई भनिन्, ‘म १९ दिन स्वास्थ्य राज्यमन्त्री भएका वेला गरेका थुप्रै निर्णय पनि नीति तथा कार्यक्रममा समेटिएको देख्दा खुसी लागेको छ । यसले आशा जगाएको छ ।’ 

उनले नीति तथा कार्यक्रमको कार्यान्वयन कसरी हुन्छ त्यो पनि हेर्नुपर्ने बताइन् । 

‘पहिलो चरणमै निराश भइहाल्नुपर्ने अवस्था छैन । संसदमा हामीजस्ता निरन्तर रचनात्मक खबरदारी गर्ने प्रतिपक्षी पनि छौँ,’ उनले भनिन् । 

सुझावित समाचार