१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ५ शुक्रबार १६:३९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तरलता अभावको समस्या नआउने गरी नीति ल्याउँछौँ : राष्ट्रपति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ५ शुक्रबार १६:३९:००

सरकारले अब तरलता अभावको समस्या आउन नदिने गरी नीति ल्याउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा आगामी आव ०८०/८१ को नीति तथा कार्यक्रम  प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

यसका लागि आवश्यक नीति ल्याइने उनको भनाइ छ। यसैगरी वित्तीय स्थायित्व कायम गर्न, बचतकर्ताको हित संरक्षण गर्न पनि आवश्यक व्यवस्था गरिने उनले बताए।

साथै वित्तीय क्षेत्रको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरी नीति ल्याइने उनको भनाइ छ। प्राथमिकता क्षेत्रमा प्रवाह हुने कर्जालाई थप प्रोत्साहन गरिने राष्ट्रपति पौडेलले बताए।