मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ ५ शुक्रबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ५ शुक्रबार १३:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार १३:१२:oo

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको नीति तथा कार्यक्रम र बजेटमा गुणात्मक, नतिजाउम्मुख, उत्पादन र रोजगारी सिर्जनामूलक हुने बताउँदै आएका छन्। 

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संघीय संसद् राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बिहीबारको बैठकले तीन दिन छलफल हुने कार्यसूची बनाएको छ। 

यस्तै, प्रतिनिधिसभाको बैठकमा पनि पनि उक्त नीति तथा कार्यक्रममाथि छलफल भएपश्चात् सरकारले १५ जेठसम्म बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।