Skip This
पार्टीभित्रकाे अलोकतान्त्रिक चरित्र हटाउन एमाले कार्यकर्तालाई माधव नेपालको सुझाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ ३ बुधबार ११:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीभित्रकाे अलोकतान्त्रिक चरित्र हटाउन एमाले कार्यकर्तालाई माधव नेपालको सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ ३ बुधबार ११:४२:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताएका छन् । बुधबार मदन-आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेभित्रका अलोकतान्त्रिक चरित्रहरू हटाउन एमाले नेता तथा कार्यकर्तालाई सुझाव दिए ।

उनले एमालेभित्र नीतिभन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको आरोप लगाए । उनले नेकपा एमाले जबजबाट विचलित भएको आरोप लगाए ।  उनले पार्टीको यस्ता विचार र नेताहरूविरुद्धमा जुध्न एमालेका नेताहरूले आवाज उठाउनुपर्ने बताए।

उनले भने, ‘अहिले पनि जबजको औचित्य समाप्त भएको छैन । अहिले पनि हेर्ने हो भने पार्टीहरूभित्र अलोकतान्त्रिक चरित्रहरू विद्यमान छन् । त्यसो भएकाले पार्टीहरूको लोकतान्त्रीकरण गर्नुपर्ने आवश्यकता अझै छ । त्यसको जीवन्त उदाहरण नेकपा एमाले छ । नेकपा एमालेभित्र रहेको अलोकतान्त्रिक, नीतिभन्दा नेता प्रधान, नेताभन्दा नीति प्रधान हुनुपर्नेभन्दा नीतिभन्दा नेता प्रधान भन्ने मान्यतामा छ । एउटा व्यक्तिको आदेश सबैले पालना गर्नुपर्ने मान्यता बोकेको त्यो पार्टी जनताको बहुदलीय जनवादबाट विचलित भइसकेको छ । मदन भण्डारीको विचारबाट विचलित भएको छ । यही मञ्चबाट आह्वान गर्छु, नेकपा एमालेका तमाम कार्यकर्ता, नेताहरूलाई आफू आफ्नो पार्टीभित्र रहेका गलत विचार र प्रवृत्तिहरूको पहिचान गर्नुहोस्, त्यसकाविरुद्धमा जुध्न आँट गर्नुहोस् । पार्टीलाई लोकतान्त्रिक बनाउनुहोस्, तब नै मदन भण्डारीलाई सम्झिएको सार्थक हुन्छ ।’

अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए। उनले नेपालमा कांग्रेस, कम्युनिस्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको उल्लेख गरे। उनले सरकारमा रहेकाहरूमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको उल्लेख गरे। उनले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? भन्ने ठूलो चुनौती रहेको बताए । 

उनले भने, ‘नेपाल भ्रष्टाचरमा चुर्लुम्म डुबेको छ, के कम्युनिस्ट, के का‌ंग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ । त्यहाँ कुनै दर्शनले काम गरिरहेको छैन, एउटै दर्शन छ पैसा कमाउ, जनतालाई लुट, एउटै प्रवृत्ति व्याप्त छ, त्यसैले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? यो ठूलो चुनौती हाम्रोसामु विद्यमान छ, कम्युनिस्ट पार्टीभित्र दिक्कलाग्दो अवस्था मबाट सुरु हुन्छ, व्यक्तिवादी प्रवृत्तिबाट। यस्तोमा वैचारिक शुद्धीकरण अभियान चलाउनुपर्छ ।’ अध्यक्ष नेपालले नेपाली समाजमा धरै अलोकतान्त्रिक प्रवृत्तिहरू विद्यमान रहेको उल्लेख गरे ।