१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेँसीसहर-खुदी खण्डको काम समयमै सक्न स्थानीयको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:५२:oo

उत्तरी लमजुङका बासिन्दाले डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर–खुदी खण्डको काम छिटो, छरितो र गुणस्तरीय बनाउन माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र  बुझाएका छन् । बेँसीसहर–चामे सडक सरोकार तथा समन्वय समितिले सोमबार लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

समितिले चालू आर्थिक वर्षको असार मसान्तसम्म सडक कालोपत्रे गरिसक्नुपर्ने सम्झौता भए पनि सडकको ठेक्का पाएको निर्माण कम्पनीले अहिलेसम्म नाला निर्माण, कटिङ वाल र सबबेस राख्ने कामसमेत नसकेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको हो ।

समितिले खुदीबजारमा  मर्स्याङ्दी  गाउँपालिकाले सडक विस्तारका लागि १५ दिने सूचना प्रकाशित गरी प्राविधिक नापजाँच सम्पन्न गरी रेखांकन गरिसके पनि ठेकेदार कम्पनीले सडक निर्माणको काम सुरु नै नगरेको भन्दै असन्तुष्टि जनाएको छ । बजार क्षेत्रको सडकको दुवैतर्फ सडकको मापदण्डअनुसार नाला निर्माणका लागि समितिले जोड दिएको छ।

सरोकार समितिका अध्यक्ष सूर्यप्रसाद कतिला र सचिव नवस्नराज कुइँकेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विगतमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन भई प्रत्येक महिना बैठक बसी सडक निर्माणमा भएको प्रगतिको प्रतिवेदन माग गर्ने निर्णय भए पनि सोअनुसार काम नभएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको छ ।

ad
ad