मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Thursday, 23 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १ सोमबार १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचारी बचाउन नाटक मञ्चन भयो : सांसद पराजुली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार १६:४९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आफ्नो पार्टीका नेता अपराधमा मुछिँदा राजनीतिक दलहरूले उसको बचाउ गर्ने गरेकाे बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पराजुलीले पार्टीका नेताहरू अपराधमा मुछिँदा उसलाई बचाउन निकृष्ट नाटक मञ्चन हुने गरेको बताएका हुन्।

उनले सुशासनको वाचा गरेर आएका राजनीतिक दलहरू नै भ्रष्टाचारीलाई बचाउन लागि परेकाे बताए। उनले जनतालाई भ्रम छर्न र मुद्दालाई विषयान्तर गरी जनतालाई झुक्याउने खेल नगर्न चेतावनीसमेत दिए। 

उनले भने, ‘कानुनी राज्यमा व्यक्तिले अपराध गरेमा कानुनको निर्मम प्रयोग गरेर अपराध र अपराधीलाई न्यायको कठघरामा उभ्याएर दण्डित गराउनु कानुनी राज्यको न्यूनतम दायित्व हो। भ्रष्टाचारी केवल अपराधी मात्र हुनुपर्ने हो र सम्पूर्ण राष्ट्रको शत्रु हुनुपर्ने हो। तर, यस सम्मानित सदनमा आफ्नो पार्टीको नेता कुनै पनि अपराधमा मुछिँदा उसको बचाउमा निकै निकृष्ट नाटक मञ्चन भएको देख्ने गरिन्छ। त्यस्ता नाटक मञ्चन जिम्मेवार भनिएका दल जसले आमनेपाली जनतालाई सुशासनका झुटा वाचा गरेर आउनुभएको छ। खबरदार अब यस्तो नाटक मञ्चन गरेर जनतालाई भ्रम छर्ने र मुद्दालाई विषयान्तर गरी जनतालाई झुक्याउने खेल अब नगरियोस्।’

सांसद पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद उच्च ओहोदाका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गर्न अलमल गरिएकोप्रति आशंका व्यक्त गरे। 

छुटाउनुभयो की ?