१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Friday, 09 May, 2025
२o८o जेठ १ सोमबार o९:५९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भक्तपुरको फर्निचर कारखानामा भीषण आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार o९:५९:oo

भक्तपुरस्थित एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । आइतबार साँझ सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित फर्निचर तथा सोफा कारखानामा साँझ सात बजेदेखि आगलागी भएको हो । 

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले आगलागी के कारणले भएको र कति मूल्यबराबरको क्षति भएकोबारे यकिन विवरण नभएको बताए । उनले भने, ‘फर्निचर कारखाना निकै ठूलो थियो, कारखानामा के कति मूल्यबराबरको सामान क्षति भयो, आगलागीको कारण के हो भन्ने विवरण आएको छैन ।’

जुद्ध वारुण यन्त्र भक्तपुरका सूचना अधिकारी एवं अग्नि नियन्त्रकविज्ञ विजयप्रसाद धौभडेलले राति ढिला आगो नियन्त्रणमा आएको बताए । जुद्ध वारुण यन्त्र भक्तपुरका तीन, काठमाडौं र ललितपुरका दुई गरी पाँचवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भएको उनले बताए ।