१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २o:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशको बजेट अधिवेशन ९ जेठदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:o७:oo

बागमती प्रदेशको बजेट (बर्खे) अधिवेशन आउँदो ९ जेठदेखि सुरु हुने भएको छ। प्रदेश सरकारको आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ जेठको दिउँसो १ बजेका लागि बजेट अधिवेशन सुरु हुने गरी आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गरेको छ।

अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा स्वास्थ्य तथा भौतिक संरचना विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए। 

यसैगरी, आइतबारको बैठकले प्रदेशमा नेपाल र तामाङ भाषालाई कामकाजको भाषा बनाउने गरी विधेयक तयार गरेको र सो विधेयकलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए। 

मन्त्रिपरिषद् बैठकले नेपाल र तामाङ भाषालाई प्रदेशभर सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्नेसम्बन्धी विधेयकको मस्यौदालाई सिद्धान्त स्वीकृति दिने निर्णय गरेको हो।

यसअघि गत १० वैशाखमा बागमती प्रदेश राष्ट्रभाषा ऐन निर्माण कार्यदलले नेपाल र तामाङ भाषालाई प्रदेशमा सरकारकारी कामकाजको भाषाको रूपमा मान्यता दिनुपर्ने मागसहित मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रतिवेदन बुझाएको थियो।

ad
ad