१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३० शनिबार
  • Friday, 09 May, 2025
२o८o बैशाख ३० शनिबार १२:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्राद्धको भोजमा गैरदलितसँग बसेको भन्दै कुटिए किशोर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ३० शनिबार १२:o९:oo

महोत्तरीको गौशाला नगरपालिका– १ रामनगरको बानटोलनिवासी १६ वर्षीय अविनाश पासमान दलित भएकै कारण कुटिएका छन्। आफ्नै वडामा सुरतन यादवको आमाको श्राद्धमा यादव र महतोको लाइनमा बसेर भोज खाएको निहुँमा पासमान कुटिएका हुन्।

स्थानीय ४० वर्षीय रामविनेक यादवले कुटपिट गरेका भन्दै पीडित बालकले प्रहरीमा निवेदन दिएका छन्। टेन्टको काम गर्न मजदुरको रूपमा सुरतन यादवको घरमा खटिएका अविनासलाई भोक लागेपछि अन्य जातिको लाइनमा बसेर खाना खाएको झोँकमा गत वैशाख २६ गते रामविनेक यादवले कुटपिट गरेका हुन्।

अविनाशले वैशाख २७ गते नै इलाका प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले २९ गते रामविनेक यादवलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले घटनाको अनुसन्धान हुने बताए। उनले तत्काल निवेदनको आधारमा आरोपीलाई पक्राउ गरिए पनि जाहेरीसमेत आउनुपर्ने बताए।

राम विनेकले करिब एक वर्ष पहिले अविनाशकी आमालाई समेत चौतारामा बसिरहेको अवस्थामा कुटपिट गरेका थिए। त्यसबेला इलाका प्रहरी कार्यालय गौशालामा छलफल हुँदा उनलाई उपचार खर्च पाँच हजार दिएर आरोपीले उन्मुक्ति पाएका थिए।