१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २९ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o बैशाख २९ शुक्रबार १७:o५:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारले पायो पूर्णता, चार मन्त्री थपिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २९ शुक्रबार १७:o५:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। १४ वैशाखमा नियुक्त पाण्डेले १५ गते पद तथा गोपनीयताको शपथ लिँदै दुई मन्त्री नियुक्त गरेका थिए।

शुक्रबार चार मन्त्री थप गर्दै नियुक्त भएको २१औँ दिनमा मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै कर्यविभाजनसमेत गरेका छन्। नवनियुक्त चार मन्त्रीले शुक्रबार नै प्रदेश प्रमुखको निवासमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

नियुक्त चार नयाँ मन्त्रीमा कांग्रेसका तीन र माओवादी केन्द्रका एकजना रहेका छन्। शुक्रबार नियुक्त भएका मन्त्रीहरूमा कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसीले कृषि तथा भूमि व्यवस्था मन्त्रालय, बागलुङका दीपेन्द्र थापामगरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र तनहुँका जितप्रकाश आलेले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन्। माओवादीका तर्फबाट म्याग्दीका रेशमबहादुर जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाएका छन्।

यसअघि १५ वैशाखमा कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई र माओवादीबाट एक मन्त्री नियुक्त भएका थिए। वैशाख १५ मा माओवादीका तर्फबाट मन्त्रीमा नियुक्त गोरखाकी सुशीला सिंखडाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र कांग्रेसबाट नियुक्त स्याङ्जाकी सरस्वती अर्याल तिवारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा पाएकी छिन्।

सातसदस्यीय मन्त्रिपरिषदमा कांग्रेसबाट मुख्यमन्त्रीसँगै पाँच र माओवादीबाट दुई मन्त्री नियुक्त भएका छन्।

एकीकृत समाजवादीले पाएन मन्त्रालय
६० सदस्यीय प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेको छ। ६० सदस्यमध्ये कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र एकीकृत समाजवादीका एक सदस्य रहेका छन्।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीका गरी कुल ३५ सदस्यको समर्थनमा संविधानको धारा १६८ को (२) अनुसार पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए। सुरुमा प्रदेशका सात मन्त्रालयमध्ये कांग्रेसले चार, माओवादीले दुई र समाजवादीले एक मन्त्रालय लिने बताइएको थियो ।

तर, अन्तिम समयमा मुख्यमन्त्री पाण्डेले मनाङ १(२)बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भई एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङलाई मन्त्री नबनाएर उनको स्थानमा तनहुँका जितप्रकाश आलेलाई मन्त्री बनाएका हुन्। आले राष्ट्रपतिको जोडमा मन्त्री बनेको बताइएको छ।