१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अपराधीहरू जुनसुकै पद र तहका भए पनि हदैसम्मको कारबाही होस् : ट्रान्सपरेन्सी इन्टरनेसनल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:२o:oo

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको संगठित प्रयासबारे हाल भइरहेको सरकारको तदारुकतापूर्ण अनुसन्धानको ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपाल स्वागत गर्दै अनुसन्धानलाई दबाबबाट मुक्त राख्न आग्रह गरेको छ। 

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै टिआईले हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको भन्दै कुनै पनि प्रकारको दबाबबाट मुक्त राख्न आग्रह गरेको हाे। 

विज्ञप्तिमा भनिएको छ, ‘हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबाबबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानबिन शिथिल नहोस् र नरोकियोस्, प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेस गर्ने प्रपञ्च नरचियोस् र अपराधीहरू जुनसुकै पद र तहका भए पनि तिनलाई हदैसम्मको कारबाही होस् भनी टिआई नेपाल जोडदार आग्रह गर्दछ।’ 

आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असुली गर्ने र किर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने जालसाजी, लुट र मानव तस्करीको संगठित अपराध मात्र नभएर राज्य, नागरिक र मानवताविरुद्धको अक्षम्य अपराध भएको टिआईले औँल्याएको छ। 

‘यो अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र साख ध्वस्त पार्ने कुकृत्य त हुँदै हो, नेपालका मित्रराष्ट्रहरूको सदाशयलाई प्रताडित गर्ने दुष्कृत्य पनि हो। यसमा कार्यपालिकाका वरिष्ठ सदस्यहरूको संलग्नता रहनु र एकपछि अर्को सरकारका सञ्चालकहरूले निरन्तरता दिँदै जानुले यसको जरो राज्यको उपल्लो तहसम्म पुगेको संकेत दिएको छ, जसले नेपाल र नेपालीलाई अत्यन्त दुःखद एवं अवाञ्छनीय प्रश्नहरूसामु खडा गरेको छ। कुनै पनि प्रकारको दबाब र प्रभावबाट मुक्त भएर निष्पक्ष छानबिन गरी सबै पद र तहका समस्त अपराधीहरूमाथिको निर्मम कारबाही मात्र यस प्रकरणको उपचार हो,’ विज्ञप्तिमा उल्लेख छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीलगायत उच्चपदस्थ १० जनाभन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन्। 

ad
ad