१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवनमा पनि भ्रष्टाचारविरुद्धको अभियानमा सरकारको प्रशंसा, दोषीलाई कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o९:oo

भ्रष्टाचारविरुद्ध सुरु भएको अभियानमा सरकारको समर्थन र दोषीलाई कडा कारबाहीको माग गर्दै चितवनमा पनि प्रदर्शन गरिएको छ । सरकार खुट्टा नकमाऊ, भ्रष्टाचारीलाई च्याप्प समाऊ, भ्रष्टाचारीहरूको सम्पत्ति जफत गर सरकार ! हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार, भ्रष्टाचारीका दश हात तिनीहरूलाई नै नेताको साथ, हाम्रो कर मिलेर लुट्न बन्द गर, नेताहरू भ्रष्ट बाउ–छोरा, दाइ–भाउजू प्रस्ट, जनताको खबरदारी नउम्किऊन् भ्रष्टाचारी, भ्रष्टाचारी चाहिँदैन देश लुट्न पाइँदैन, भ्रष्टाचारीको भर हुन्न जहाँ बसे नि देश हुन्नलयायतका नारा लेखिएको पम्प्लेट बोकर उनीहरूले नारायणगढको बालकुमारी कन्या माविको चोकमा प्रदर्शन गरेका हुन् । 

भ्रष्टाचारविरुद्ध जागरण अभियान नाम दिइएको अभियानका अभियन्ता एवं उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले वर्तमान सरकारले सुशासनका पक्षमा चलाएको अभियान स्वागतयोग्य रहेकाले दोषीलाई अनुसन्धान र कारबाहीमा ल्याउन सहयोग पुर्‍याउने उद्देश्यले सचेतनासहितको प्रदर्शनी गरेको बताए । अभियानमार्फत आवश्यकताअनुसार जनतालाई सचेत गराउने खालका कार्यक्रम सञ्चालन गर्ने अभियानको लक्ष्य छ । प्रधानले भने, ‘विगतमा पनि यस्ता अभियान सुरु भएर बीचमै छोडिएको इतिहास छ, नेताहरूको अनुकूल हुने गरी दोषी नउम्कुन् भन्नका लागि हामीले यो प्रदर्शनी गरेका हौँ ।’

नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताहरू पनि प्रहरीको नियन्त्रणमा आएसँगै अहिले सरकारको प्रशंसा भएको छ । चितवनसहित देशभर नै अहिले सरकारको समर्थन गर्दै दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ ।  
 


 

ad
ad