१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एसियन पेन्ट्सको ‘कलर नेक्स्ट’ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२१:oo

एसियन पेन्ट्स नेपालको ‘कलर नेक्स्ट – २०२३’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सोसाइटी अफ नेपलिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाललगायतका संस्थाबाट आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।

एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ । यो कार्यक्रमले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ । कार्यक्रमका सहभागीले डिजाइन उद्योगमा प्रासंगिकयुक्त फरक प्रवृत्ति (ट्रेन्ड) पत्ता लगाउन विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाका साथै अनुसन्धानमार्फत ६ महिना अनुसन्धान गर्नुपर्ने कम्पनीको भनाइ छ । 

कार्यक्रममा एसियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत मन्तव्य राखेका थिए भने क्षेत्रीय प्रमुख शिरीष राव र एसियन पेन्ट्स नेपाल प्रमुख जी गोपालकृष्णनले संक्षिप्त प्रस्तुति दिएका थिए, जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरसँग एसियन पेन्ट्सको सहकार्यलाई जोड दिइएको थियो ।

ad
ad