Skip This
प्रधानमन्त्रीलाई एमालेको जवाफ– फिल्म हेर्न आतुर हामी टिकट काटेर बसेका छौँ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Tuesday, 18 June, 2024
फाइल तस्बिर
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई एमालेको जवाफ– फिल्म हेर्न आतुर हामी टिकट काटेर बसेका छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार १७:२२:oo

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबै भ्रष्टाचार काण्डको छानबिन गर्न चुनौती दिएकाे छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले फिल्म हेर्न आतुर आफूहरू टिकट काटेर बसेको बताएका हुन्। शनिबार प्रधानमन्त्रीले दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा भ्रष्टाचारीहरूको फाइल खोल्ने विषयमा अहिले ट्रेलर मात्रै देखिएको भन्दै सिंगै फिल्म देखाउने बताएका थिए।

प्रधानमन्त्रीलाई जवाफ दिँदै गिरीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ। तपाईंले फिल्म देखाउनुहुन्छ भनेर हामी टिकट काटेर बसेका छौँ। अब वाइडबडी घोटाला काण्ड के हो ? छानबिन गरौँ। बाँसबारी घोटाला काण्ड के हो? यसलाई पनि छानबिन गरौँ। बालमन्दिर घोटाला काण्ड, मातातीर्थ जग्गा घोटाला काण्ड, यती काण्ड, ओम्नी काण्ड, लडाकु शिविरका घोटाला काण्ड–जहाँ अर्बौँ रुपैयाँ राज्यको सम्पति लुटिएको थियो। सिसिटिभी फुटेज र बजेटमा बिचौलिया ल्याएको काण्ड, यस्ता तमाम काण्डहरू यो अधिवेशनमा गम्भीरताका साथ छलफल गरौँ।’

ad
ad
ad
ad