मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २४ आइतबार ०९:०१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालको एकदिवसीय वरीयता यथावत्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २४ आइतबार ०९:०१:००

एसिसी प्रिमियर कप विजेता नेपाल आइसिसी एकदिवसीय वरीयताको १४औँ स्थानमै यथावत् रहेको छ । आइसिसीले शनिबार जारी गरेको नयाँ वरीयतामा नेपालको स्थान परिवर्तन नभएको हो ।

नेपालले एसिसी प्रिमियर लिगमा आइसिसीले मान्यताप्राप्त दुईवटा एकदिवसीय खेल खेलेको थियो । प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा नेपालले एकदिवसीय राष्ट्र ओमान र फाइनलमा युएईलाई हराउँदै उपाधि हात पारेको थियो । यस सफलतासँगै नेपालले ऐतिहासिक रूपमा दोस्रोपटक एसिया कपमा स्थान बनायो । 

आउने सेप्टेम्बरमा हुने एसिया कपमा नेपालले समूह ‘ए’मा दुई पूर्वविश्वकप विजेता भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले मे महिनाको एकदिवसीय वरीयतामा ३३ अंक बटुलेको छ । यसबीच नेपालले ४२ एकदिवसीय खेल खेल्यो । नेपालले यसबीच १२ मध्ये ११ एकदिवसीय खेलमा जित निकालेको थियो । 

नेपालले एक हजार तीन सय ९४ रेटिङ अंक बटुलेको छ । नेपालभन्दा एक स्थानअगाडि टेस्ट राष्ट्र जिम्बावे रहेको छ । जिम्बावेले ३१ खेलबाट ३३ अंक हात पारेको छ । नेपालपछि नेदरल्यान्ड्स रहेको छ । १५औँ स्थानमा रहेको नेदरल्यान्ड्सले २६ खेलबाट ३० अंक जोडेको छ । एसोसिएट राष्ट्रमा आइसिसी विश्वकप लिग–२ विजेता स्कटल्यान्ड शीर्ष स्थानमा छ । 

समग्रमा १२औँ स्थानमा रहेको स्कटल्यान्डले ३५ खेलमा ४५ अंक जोडेको छ । विश्व एकदिवसीय वरीयतामा पाकिस्तान पहिलोपटक शीर्ष स्थानमा उक्लेको छ । न्युजिल्यान्डविरुद्धको घरेलु सिरिजमा ४–० को अग्रता लिँदै सिरिज जितेको पाकिस्तान पहिलोपटक एकदिवसीय नम्बर एक टोली बनेको हो ।