१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २३ शनिबार
  • Friday, 09 May, 2025
२o८o बैशाख २३ शनिबार १७:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलित महिला साइकलयात्री पत्रकार लहान आइपुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २३ शनिबार १७:४५:oo

‘महाकाली–मेची साइकलयात्रा– २०८०’ का तीन दलित महिला पत्रकारहरूको साइकलयात्रा शनिबार सिराहाको लहान आइपुगेको छ।

जातीय छुवाछुत तथा भेदभावविरुद्ध मौजुदा कानुन कार्यान्वयनका लागि सरोकारवालाहरूको ध्यानाकर्षण तथा सरकारलाई दबाब दिने उद्देश्यले १७ दिनअघि महाकालीको गड्डाचौकीबाट थालिएको साइकलयात्रा आज दिउँसो लहान आइपुगेको हो।

‘सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्मसम्मानका लागि’ भन्ने नारासहित साइकलयात्री महिला पत्रकारहरूको टोलीलाई लहानस्थित सहिदचोक नजिक नेपाल पत्रकार महासंघ सिराहाका अध्यक्ष मनोज बनैता, निवर्तमान अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता, लेखक तथा विश्लेषक राजेश विद्रोही, पत्रकारहरू मणिलाल विश्वकर्मा, सुदीप राउत, महेश सिंहलगायतले स्वागत गरे।

महासंघका अध्यक्ष बनैताले प्रतिकूल मौसमका बाबजुद जातीय विभेदविरुद्ध लामो साइकलयात्रामा निस्किएका दलित महिला पत्रकारहरूको साहसको सम्मान गर्दै यात्रा सफलताको शुभकामना व्यक्त गरे।

६ वैशाखमा कंचनपुरको महेन्द्रनगर गड्डाचौकीबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साइकलयात्रामा सहभागी रेडियो नेपालकी समानता कार्यक्रमकी रीता बुढाथोकी, अर्घाखाँचीको सन्धिखर्कस्थित रेडियो सगर्वकी संगीता नेपाली र नवलपरासीको सुनवलस्थित रेडियो सुनवलकी इन्दिरा विश्वकर्मासहितको टोलीलाई विदाइ गरेको १६औँ दिनमा सिराहा प्रवेश गरी १७औँ दिन लहान आइपुगेको हो।