मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपक भट्ट रामेछाप
२०८० बैशाख २३ शनिबार १४:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछाप कारागारका कैदीबन्दी असुरक्षित

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०८० बैशाख २३ शनिबार १४:४४:००

जिल्ला कारागार रामेछापको कार्यालयभित्र थुनुुवा कैदीबन्दी राख्न लगाइएको सुरक्षा वाल जोखिमपूर्ण हुँदा कैदीबन्दी असुरक्षित भएका छन्।

कारागार कार्यालयभित्र पुरुष र महिला बन्दीको कोठा छुट्याउन लगाइएको पर्खाल (गारो) भत्किन लागेको छ। कारागार कार्यालय निर्माण हुँदा माटो र ढुंगाको वाल लगाइएकोमा उक्त वाल पुरानो भई अहिले भत्किन लागेको हो। ३३ मिटर लम्बाइ र १३ फिट उचाइ भएको उक्त गारो भत्किन थालेपछि कैदीबन्दी त्रसित हुन थालेका छन्।

वाल भत्कने अवस्थामा पुग्दा कारागारमा रहेका ३३४ थुनुवा बन्दीहरू जोखिममा परेका छन्। अत्यन्तै जोखिममा रहेको उक्त वाल तत्काल निर्माण गर्नुपर्ने भन्दै कार्यालयले प्राविधिक स्टमेटसमेत गरी अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो। २८ लाख माग गरेकोमा ९ लाख ५० हजार मात्रै विनियोजन गरेकोमा सो रकमसमेत हाल रोक्का गरेपछि तत्काल वाल निर्माण हुन नसक्ने जेलर रूपलाल तामाङले बताए।

‘हिउँदको समयमा त जसोतसो चल्छ। वर्षातको समयमा चिराचिरा परेको गारोमा पानी छिर्दा कतिखेर भत्कन्छ भन्ने डर सधैँ भइरहन्छ।’ कारागार भवन २५० जना राख्ने क्षमताको भए पनि हाल ३३४ कैदीबन्दीहरू कोचाकोच गरी राखिएको छ। त्यसमध्ये महिला १८ जना र नाबालिग एकजना छन्।

कारागारमा कैदीबन्दीको लागि खानेपानी  र विद्युतजस्ता आवश्यक कुराकै अभाव छ। बजेट अभाव हुँदा खानेपानीको महसुल र कैदीबन्दी बिरामी पर्दा औषधी खरिद गर्नसमेत समस्या भएको कारागार कार्यालय रामेछापले जनाएको छ।