Skip This
धनगढीका मेयरले आफ्नो पारिश्रमिकबाट विपन्न विद्यार्थीलाई १० लाखबराबरको शैक्षिक सामग्री वितरण गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख २२ शुक्रबार १५:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीका मेयरले आफ्नो पारिश्रमिकबाट विपन्न विद्यार्थीलाई १० लाखबराबरको शैक्षिक सामग्री वितरण गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १५:o८:oo

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कक्षा ८ को वार्षिक परीक्षामा ‘नील’ भएका नगरभित्रका १७ वटा सामुदायिक विद्यालयका विपन्न वर्गका विद्यार्थीलाई व्यक्तिगत लगानीमा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेका छन्। 

एक वर्षको आफ्नो तलब सुविधा र त्यसमा केही रकम आफूले थप गरेर १० लाख रुपैयाँबराबरको शैक्षिक सामग्री वितरण गर्ने मेयर हमालले बताएका छन्।

मेयर हमालले कक्षा ८ को वार्षिक परीक्षामा एकजना विद्यार्थी उत्तीर्ण नभएका विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षसँग शैक्षिक गुणस्तर सुधारबारे छलफल गरेका थिए।

प्रधानाध्यापकहरूले विपन्न विद्यार्थीले शैक्षिक सामग्री नपाउनाले पठनपाठनमा समस्या हुने गरेको र यसले शैक्षिक गुणस्तर सुधारमा समस्या भइरहेको बताएका थिए।

‘कमजोर नतिजा आएका विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्षसँग शैक्षिक गुणस्तर कसरी सुधार गर्न सकिन्छ भनेर छलफल गरेका थियौँ। उहाँहरूले शैक्षिक सामग्रीको अभावमा पनि पठनपाठनमा समस्या हुने गरेको बताउनुभयो,’ मेयर हमालले भने, ‘शैक्षिक सामग्रीको अभावमा विद्यार्थीलाई समस्या नहोस् भनेर आफ्नो तलबसुविधामा केही रकम थप गरेर १० रुपैयाँबराबरको शैक्षिक सामग्री वितरण गर्न लागेको हुँ।’ 

आजभोलि नै शैक्षिक सामग्री वितरण गरिने मेयर हमालले बताए। 

कापी, किताब, कलम, डटपेनलगायत शैक्षिक सामग्री खरिद गरेर विद्यार्थीलाई हस्तान्तरण गरिने उनले बताए। प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षसँग आज भएको छलफलमा मेयर हमालले शैक्षिक सामग्रीको अभावमा पठनपाठन कमजोर हुन नदिन उपमहानगरले सबै किसिमका सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। 

कक्षा ८ को वार्षिक परीक्षामा नगरभित्रका सामुदायिक विद्यालयको नतिजा निकै कमजोर आएको छ । १७ वटा विद्यालय नील भएका थिए।

मेयर हमालले निर्वाचित भएदेखि उपमहानगरपालिकाबाट कुनै पनि सेवा सुविधा लिएका छैनन्। उपमहानगरपालिकाबाट गाडीसमेत नलिएका हमाल आफ्नो निजी गाडी प्रयोग गर्छन्। उनले आफूले पाउने तलब सुविधा सामाजिक कार्यमा खर्च गर्दै आएका छन्।