१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २१ बिहीबार
  • Friday, 09 May, 2025
२o८o बैशाख २१ बिहीबार १६:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेती प्रादेशिक अस्पतालमा काेरोना र डेंगु संक्रमित युवककाे मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २१ बिहीबार १६:२३:oo

डेंगु र कोरोना भाइरसबाट संक्रमित एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत बैतडीका ३० वर्षीय एकजनाको बुधबार राति मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार नसासम्बन्धी समस्याको उपचारका लागि भर्ना भएका ती युवकमा १७ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई दिनपछि उनमा डेङ्गुसमेत देखिएको सूचना अधिकारी उपाध्यायले बताए।

कोरोना र डेङ्गु देखिएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। नसासम्बन्धी समस्याको उपचारका लागि १७ चैतमा भर्ना भएका उनको त्यसको एक सातापछि शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। सूचना अधिकारी उपाध्यायका अनुसार ज्वरोलगायत समस्या देखिएकाले शल्यक्रियापछि उनी डिस्चार्ज भएका थिएनन्।

वैशाख महिनामा मात्रै सेतीमा दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। यसअघि गत ३ वैशाखमा सेतीको सघन उपचार कक्षमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको थियो। त्यसअघि करिब एक वर्षसम्म सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु दर शून्य थियो। गत चैत अन्तिम सातायता सुदूरपश्चिममा कोरोना संक्रमण बढ्न थालेको छ।