Skip This
अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख २० बुधबार ११:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता

सिधा हवाईसेवा सञ्चालन गर्न कम्बोडिया इच्छुक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार ११:१५:oo

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ। कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनबीच शिष्टाचार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा कम्बोडिया र नेपालबीच सीधा हवाईसेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशका बीचको शान्ति प्रक्रियाका अनुभवहरू आदानप्रदान गर्ने विषयमा छलफल भएको छ।

अध्यक्ष तिमिल्सिनाले  दुईतिहाइभन्दा बढी बौद्धमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालबीच सीधा हवाईसेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको विकास हुने धारणा राखेका थिए। नेपाल  गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरूका लागि महत्वपूर्ण गन्तव्य हो।

‘गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय  विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकाले नेपाल र कम्बोडियाबीच सीधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक छ,’ उनले भने । 

कम्बोडियाका  प्रधानमन्त्री सम्देक टेको हुनसेनले सीधा हवाई सेवा सञ्चालनका आफ्नो देश सकारात्मक रहेको बताए । गौतम बुद्धले देखाएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरू विश्वभर बढेको अवस्थामा   यसले शान्तिकाे सन्देश फैलाउन पनि सहयोग पुग्ने विश्वास दुवैजनाको थियो। नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेकाे–भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदान–प्रदान गर्न पनि दुईपक्षीय सम्बन्ध विस्तारमा जोड दिइएको छ।