मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १८ सोमबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १८ सोमबार १५:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपा संसदीय दलको नेतामा लामिछाने, सरकारबारे शुक्रबार छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १८ सोमबार १५:५५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रूपमा पुनः चयन गरेको हो।

यसअघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो। पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए।

‘पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ। सरकारसम्बन्धी छलफलचाहिँ शुक्रबारको संयुक्त बैठकबाट टुंगाे लाग्ने निर्णय भएको छ,’ उनले भने। आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गरेको छ।

डा. स्वर्णिम वाग्लेले अर्थनीति विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। शिशिर खनालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र पर्यटन तथा संस्कृति विभागको जिम्मेवारी पाएका छन्। डा. मुकुल ढकालले नीति तथा विचार र प्रशिक्षण, डा. तोषिमा कार्की स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद, सन्तोष परियार मानव अधिकार,  सोविता गौतम कानुन तथा न्याय, हरि ढकाल भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन र दीपक बोहरा जनसम्पर्क विभाग प्रमुख बनेका छन्।

यसैगरी, मनीष झा तथ्यांक अनुसन्धान तथा अभिलेखीकरण र सार्वजनिक लेखा समीक्षा, सुमना श्रेष्ठ शिक्षा र  विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुख तोकिएका छन्।