
बैंक अफ जापानले हालै गरेको एक सर्वेक्षणअनुसार जापानमा ९४.५ प्रतिशतले एक वर्षअघिको तुलनामा मूल्यवृद्धि भएको महसुस गरेका छन्।
त्यसैगरी, ६२.८ प्रतिशतले मूल्यवृद्धि भएको तर यसलाई आफूले व्यवस्थापन गर्न सकेको बताएका छन्। फेब्रुअरी ३ देखि मार्च १ सम्म गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा २० वर्ष वा सोभन्दा बढी उमेरका एक हजार ९८१ उत्तरदातालाई सहभागी गराइएको थियो।
त्यसको ५६ प्रतिशत उत्तरदाताले लगातार तेस्रो त्रैमासिकसम्म महँगीको महसुस गरेको बताएका छन्। ५० प्रतिशतभन्दा बढीले अत्यधिक मूल्य बढेको बताएका छन्। पछिल्ला तीन सर्वेक्षणमा सहभागीमध्ये आधाले आफ्नो आम्दानी उस्तै रहेको बताएका छन् भने मानिसहरूको संख्यामा क्रमिक वृद्धिले खर्चको लागत बढेको बताएका छन्।
हरेक तीन महिनामा गरिने सर्वेक्षणमा अधिकांश उत्तरदाताले खाना, त्यसपछि दैनिक उपभोग्य वस्तु र विद्युतीय उपकरणमा खर्च बढेको महसुस गरेका छन्।