१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चट्याङ लागेर पश्चिम बंगालमा १५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:२४:oo

मेघगर्जन र चट्याङसँगै पश्चिम बंगालमा बिहीबार भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् । 

बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीनजनाको मृत्यु भएको पश्चिम बंगाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ । 

चट्याङ लागेर घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ । 

सरकारी तथ्यांकअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सातजनाको मृत्यु भएको थियो । रासस

ad
ad