१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १५ शुक्रबार १६:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अयोग्य लडाकुलाई दुई लाख दिने विषय विष्णु पौडेलकै बजेटको व्यवस्था : सांसद सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार १६:३o:oo

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने कुरा विष्णु पौडेल अर्थमन्त्री हुँदाको बजेट वक्तव्यमै व्यवस्था भएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आर्थिक वर्ष ०७३/७४ को बजेट वक्तव्यमा व्यवस्था भएको विषयलाई नै वर्तमान सरकारले कार्यविधि बनाएर अघि बढाउन खोजेको प्रस्ट्याए। वर्तमान सरकारले अयोग्य लडाकुलाई दुई लाख दिन लागेको भन्दै संसद् र देशलाई नै भ्रमित तुल्याउन खोजिएकोमा सापकोटाले आपत्ति जनाए।

व्यवस्था परिवर्तनका लागि बन्दुक बोकेका लडाकुको हुर्मत लिने काम नगर्न चेतावनी दिँदै उनले त्यसवेलाका पत्रिका खोजेर गिरिजाप्रसाद कोइरालाहरूको टाउको फुटेको विषय हेर्न आग्रह गरे।

‘हामी सबैलाई यो बहस गर्नका लागि तिनै लडाकुहरूले लडेर, स्याउला बोकेर र बन्दुक बोकेर ल्याएको व्यवस्था हो। दुई लाख रुपैयाँले मान्छेको केही गुजारा चल्दैन। तर, गिरिजाबाबुको टाउको फुटेको कान्तिपुर खोजेर हेर्नुहोस्। चित्रलेखा यादवले नारायणहिटीको अगाडिपट्टि सञ्चालन गरेको संसद्को दृश्य सबैले सम्झना गरौँ। तपाईंको दुई लाखले युद्ध लडेर आएका महान् लडाकुहरू, योद्धाहरूलाई जसले वीरताको गाथा कोरे, जसले वीरताको संकल्प गरे, जसले यो सिंगै व्यवस्था परिवर्तनका लागि बलिदान गर्नका लागि तयार भए, तपाईं तिनलाई अपमान गर्ने ? अस्ति भर्खर नारायणहिटीअगाडि गरेका संघर्ष, रत्नपार्कवरिपरिका संघर्ष, गिरिजाबाबुको टाउको फुटाएको कुरा सजिलै बिर्सने ? यही हो राजनीतिक धर्म, यही हो संस्कार, संस्कृति ?’ सांसद सापकोटाले प्रश्न गरे।