मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
२०८० बैशाख १५ शुक्रबार १३:१७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

Read Time : < 1 मिनेट
२०८० बैशाख १५ शुक्रबार १३:१७:००

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। संविधानको धारा १६८ को (२) अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

शुक्रबार मुख्यमन्त्रीसँगै अन्य दुई मन्त्रीले समेत शपथ लिएका छन्। माओवादीका तर्फबाट सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारीले मन्त्रीको शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरुको कार्य विभाजन भने गरिएको छैन।

कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी)का एकसहित प्रदेश सभाका ३५ सदस्यको समर्थनमा  कांग्रेसका पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन्। नवनियुक्त मुख्यमन्त्री गत मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा गोरखा–२ (२)बाट निर्वाचित भएका थिए।