१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

डाबर नेपालको पुनर्लगानीमा बन्ने परियोजना विकासबारे समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२१:oo

बहुराष्ट्रिय कम्पनी डाबर नेपालको पुनः लगानीमा बनाइने परियोजनाको विकासबारे समझदारी भएको छ। बिहीबार लगानी बोर्ड र डाबर नेपालबीच उक्त परियोजनाको विकासबारे समझदारी भएको हो।

समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट बिजनेस हेड हरकिरतसिंह बेदीले हस्ताक्षर गरेका छन्। बोर्डको कार्यालयमा भएको हस्ताक्षर समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा बोर्डका सदस्य रमेश रिजालको उपस्थिति थियो।

कम्पनीले निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधीकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्नका लागि पुनः लगानी गर्दै छ। सोहीसम्बन्धी परियोजना विकासको लागि समझदारी भएको हो।

डाबर नेपालले क्षमता अभिवृद्धि र विविधीकरणसम्बन्धी परियोजना प्रस्ताव गरेको थियो। त्यसमा कम्पनीले ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने भनेको थियो। कम्पनीको उक्त प्रस्तावलाई २५ माघ ०७८ मा सम्पन्न बोर्डको ४९औँ बैठकले स्वीकृत गरेको थियो। 

समझदारीपत्र हस्ताक्षर समारोहमा डाबर नेपालका बिजनेस हेड बेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा लगानी गर्न पाउँदा हर्षित भएको बताए। त्यस्तै, बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपालका तर्फबाट हुने पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोसा र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको बताए । 

यस्तै, मन्त्री रिजालले डाबर नेपालको पुनर्लगानीले लगानीकर्ता माझ ठूलो सन्देश प्रवाहित हुने बताए। साथै, नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्तालाई समेत सहयोग पुग्ने बताए। नेपालमा लगानी गरिरहेका लगानीकर्ताबाटै सुन्न र यहाँ सञ्चालित व्यवसाय हेरेर उनीहरूले यसबारे निर्णय गर्न सक्ने उनको भनाइ छ।

ad
ad