१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०८० बैशाख १४ बिहीबार १०:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते   

Read Time : < 1 मिनेट
२०८० बैशाख १४ बिहीबार १०:४१:००

गुल्मीको मालिका गाउँपालिका– २ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भीमगिठे जाँदै गरेको लु.१च ९९११ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गएराति खाल्टुङ खोला भन्ने स्थानमा जिप दुर्घटनामा हुँदा जिपका सहचालक बागलुङ बडिगाड– ९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

दुर्घटनामा परी जिपचालक बडिगाड– ९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते भएका छन् । उनको थप उपचारका लागि आज बिहानै पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ ।

जिप दुर्घटनाको जानकारी पाउनासाथ पौदी अमराईबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए । दुर्घटना भएको जिप सडकबाट करिब एक सय ५० मिटर तल खसेको बताइएको छ । ‘ब्रेकफेल’ भई जिप दुर्घटना हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।