१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संवैधानिक परिषद्सम्बन्धी विधेयकमा जुटेन सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:२४:oo

संवैधानिक परिषद्सम्बन्धी विधेयकमा मुख्य दलबीच सहमति जुट्न नसकेपछि आजकाे बैठक निष्कर्षविहीन भएको छ। 

एमालेले गणपूरक संख्यामा अध्यक्ष र ५० प्रतिशतको सट्टा अध्यक्ष र परिषद्का बहुमत सदस्यको उपस्थितिमा निर्णय गर्ने व्यवस्था राख्नुपर्ने अडान लिएपछि बैठक निष्कर्षविहीन भएको हो। 

कांग्रेसलगायत दलले थप गृहकार्य गर्नुपर्ने माग राखेपछि विषयगतलगायत समिति गठन प्रक्रिया पनि लम्बिने भएकाे छ। सभामुख देवराज घिमिरेले समिति गठनका लागि भाेलिसम्म नाम टुंगाे लगाउन ठूला दलहरूलाई आग्रह गरेका छन्। 

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले भने, ‘तपाईंह?ले नाम (संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदह?) दिनुभयो भने संसद्लाई प्रभावकारी बनाउन सकिन्छ। भोलिसम्ममा नाम दिनुहोला। आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो। तर, सबैको नाम प्राप्त हुन सकेन। संसद्लाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नैपर्छ। संसदमा उठेका कुरामा मन्त्रीहरूलाई जवाफ दिन समन्वय गरिरहेका छौँ। आज पनि गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा बोल्दै हुनुहुन्छ।’ 

बैठकपछिकांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता पक्ष र प्रतिपक्षबीच बृहत्तर सहमतिको प्रयास भइरहेको बताए। उनले भने, ‘हामी निरन्तर छलफलमै छौँ, आज पनि छलफल गर्छौँ र यसलाई चाँडोभन्दा चाँडो टुंगाेमा पुर्‍याउँछाैँ।’ 

यस्तै बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक परिषद्सँग सम्बन्धि विधेयक कन्टेनमा छलफल गर्ने सन्दर्भमा केही विषयमा सहमति जुट्न नसक्दा आज संसदमा पेस हुन नसक्ने बताए। 

ad
ad