मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
२०८० बैशाख १२ मंगलबार १४:५०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रविको ‘कमब्याक’, दोस्रोपटक विजय र्‍याली [तस्बिरहरू]

Read Time : < 1 मिनेट
२०८० बैशाख १२ मंगलबार १४:५०:००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा ‘कमब्याक’ गरेका छन्। करिब ४३ हजार मतान्तरसहित उनी दोस्रोपटक चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

कुल ७८ हजार दुई सय ७७ मतमध्ये लामिछानेले ५४ हजार एक सय ७६ मत पाएका छन्। यसअघि गत मंसिरको निर्वाचनमा पनि उनी निकटतम प्रतिस्पर्धीभन्दा ३४ हजारभन्दा बढी मतान्तरसहित विजयी भएका थिए।

नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका उनी पुनः सोही क्षेत्रबाट विजयी भएका हुन्।

निर्वाचित भएको प्रमाणपत्र लिएसँगै अहिले उनका हजारौँ समर्थकले चितवन २ का विभिन्न स्थानमा विजय र्‍याली निकालेका छन्।