मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० बैशाख १२ मंगलबार ०८:०५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेत्रहीन टी–२० महिला क्रिकेट आजदेखि

Read Time : < 1 मिनेट
२०८० बैशाख १२ मंगलबार ०८:०५:००

नेपाल–भारतबीचको दोस्रो टी–२० नेत्रहीन महिला क्रिकेट शृंखला मंगलबारदेखि सुरु हुँदै छ । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा हुने शृंखलाअन्तर्गत पोखरा र काठमाडौंमा पाँच खेल हुनेछ ।

पोखराको रंगशालामा १२ देखि १७ वैशाखसम्म खेल हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा १५ देखि १७ वैशाखमा दुई खेल हुने संघका अध्यक्ष पवन घिमिरेले जानकारी दिए । विजेताले ७५ हजार र उपविजेताले ४५ हजार रुपैयाँ पाउनेछन् । यसैगरी, प्रत्येक खेलका म्यान अफ दी म्याचले पाँच हजार प्राप्त गर्नेछन् । 

भारतविरुद्धको सिरिजका लागि घरेलु टोलीबाट १५ जना खेलाडी सहभागी हुनेछन् । जिल्लाबाट छनोट भएका ३५ मध्येबाट २४ खेलाडीलाई सर्ट लिस्टमा संघले राखेको थियो । खेलाडीहरूलाई पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गत चैतको तेस्रो साता गरिएको छनोट खेलबाट १५ जनाको अन्तिम छनोट गरिएको अध्यक्ष घिमिरेले बताए । अन्तिम छनोट भएका खेलाडीलाई १० वैशाखसम्म पोखरामा बन्द प्रशिक्षणमा राखिएको थियो । 

यसैबीच, गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । प्रतियोगितामा मुस्ताङबाहेक अन्य १० जिल्लाका ७२० जना खेलाडीको सहभागिता रहेको छ । सहभागी खेलाडीहरूले विभिन्न ६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । सय मिटर दौड छात्रतर्फ नवलपुरका ताराप्रसाद थनेत पहिलो भएका छन् । छात्रातर्फ एन्जल अधिकारी पहिलो भइन् । चार सय मिटर दौड छात्रामा चन्द्रकला बराल र छात्रतर्फ प्रकाश महतोले स्वर्ण पदक जिते ।