मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Tuesday, 11 March, 2025
२o८o बैशाख ११ सोमबार २२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्घटनामा तीनको मृत्यु, दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार २२:३८:oo

मकवानपुरको मनहरी गाउँपालिकामा आज बेलुकी साढे आठ बजे ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र २० वर्षका प्रवीण प्रजा छन् ।

उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादु कार्कीले जानकारी दिए ।

यस्तै, दुर्घटनामा परी सोही स्थानका अन्दाजी २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजा घाइते भएका छन् । उनीहरूको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा पाँचजना घाइते भएका थिए ।