१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Friday, 09 May, 2025
२o८o बैशाख ६ बुधबार १६:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश प्रमुखलाई महालेखाले बुझायो प्रतिवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार १६:१८:oo

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई महालेखापरीक्षक कार्यालयले आज बुधबार पाँचौँ वार्षिक प्रतिवेदन बुझाएको छ।

कार्यालयले आर्थिक वर्ष ०७८/७९ मा सम्पादन गरेको कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन महालेखाका नायब महालेखापरीक्षक बालकृष्ण थापाले प्रदेश प्रमुख शर्मालाई बुझाएका हुन्।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखसमक्ष महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले प्राप्त प्रतिवेदनले वित्तीय सुशासन कायम गर्न प्रभावकारी भूमिकाका लागि सघाउ पुग्ने विश्वास व्यक्त गरे। 

समयमै प्रतिवेदन पेस गरेकोमा खुसी व्यक्त गर्दै प्रमुख शर्माले सरकारी कार्यालयमा बढ्दो बेरुजु घटाउन, विधिअनुसार चल्न, सही समयमा कार्य सम्पादन गर्न प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव पनि दिए।