१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ६ बुधबार १५:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१५ अंकले बढ्यो नेप्से, बढेन कारोबार रकम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार १५:४९:oo

सेयर बजारमा आज सामान्य सुधार देखिएकाे छ। सेयर बजार परिसूचक नेप्से आज १५.१४ अंकले बढेर १९२०.१३ विन्दुमा उक्लिएको छ। आज म्युचुअल फन्डबाहेक सबै समूहको सेयर सामान्य अंकले बढेको छ। 

यस दिन नेप्से बढे पनि काराेबार रकममा भने खासै प्रगति देखिएकाे छैन। दुई सय ७३ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता सेयर किनबेच हुँदा ८७ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यसमा सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ६६ लाख रुपैयाँको सेयर बिक्री भएको छ। 

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेड, मोलुङखोला हाइड्रो र गुराँस लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ।