मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ६ बुधबार १५:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घनश्यामको कटाक्ष- ओलीप्रवृत्तिका ‘फन्टुसहरू’ नेता भएर हिँडेका छन् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार १५:१८:oo

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन्। 

बुधबार काठमाडौंमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। 

उनले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिस्टमा मुसल पैदा भएको बताए। ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरू सबै शत्रु हुन् भन्ने कुरा हाबी भएको उनको भनाइ थियो। 

उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद् विघटन गरेबाट सुरु भएको आरोप लगाए। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेको आरोप लगाए। अनुशासनहीनता र मूल्यहीनताको बीचमा प्रतिस्पर्धा हुँदा नराम्राहरूले जित्ने उनको तर्क थियो।