१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ५ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका म्याग्दी
२o८o बैशाख ५ मंगलबार १५:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्नपूर्ण हिमालमा एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार, एक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८o बैशाख ५ मंगलबार १५:५९:oo

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ। 

काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा आएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकोप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए।  

उनका अनुसार ‘सेभेन समिट ट्रेक्स’बाट आरोहणमा जानुभएका आरोही नोयल हन्नाको मृत्यु भएको छ। उनको शव ६ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ । उानीहरू दुवैजना आज बिहानदेखि बेपत्ता भएका थिए।  

सेभेन समिट ट्रेक्सबाट आरोहणमा जाएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका हुन्। 

सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार सफलतापूर्वक आरोहण गरी  आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी बेपत्ता भएका थिए। 

उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ।