१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्छ : चित्रबहादुर केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:२५:oo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दा जनता राजस्व तिर्न नसक्ने अवस्थामा पुगेका बताए।

उनले यो नीति पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्। सांसद केसीले सुकुमबासी र अव्यवस्थित बसोवासीका लागि १० वर्षसम्म जग्गा बिक्री गर्न नपाउने प्रावधान पनि हटाउनुपर्नेमा जोड दिए।

‘दुःख परेर जग्गा लिनुपर्ने आफूले भोगचलन गर्ने जग्गा सबै बेच्दा पनि राजस्व तिर्न नसक्ने भएपछि के हो यो गाईजात्रा राज्यको ?’ उनले प्रश्न गरे, ‘केही गरी त्यो जग्गा उसले भोगचलन गर्नुपर्‍याे भने त्यो बेच्दाखेरि अरू सम्पत्ति बेच्दा पनि त्यो जग्गाको मूल्य तिर्न नसक्ने भएपछि के हो यो नाटक ? बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दा ती सुकुमबासीले जग्गाको पैसा तिर्न सक्छन् ?’

ad
ad