१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ३ आइतबार १५:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विषयवस्तु र नियमावलीमा आधारित भएर अभिव्यक्ति दिन सांसदलाई सभामुखकाे आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ३ आइतबार १५:३०:००

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीमा आधारित भएर संसदमा आफ्नो अभिव्यक्ति दिन सांसदलाई आग्रह गरेका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकको सुरुमै उनले विषयवस्तु र प्रतिनिधिसभा नियमावलीमा आधारित भएर आफ्ना भनाइ राख्न सांसदलाई सचेत गराएका हुन्। 

सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरू, विषयमा आधारित भएर माननीय सदस्यहरूले खासगरी नियमावलीमा आधारित भएर आफ्नो अभिव्यक्ति दिनुहुनेछ।’

सांसदहरूले आकस्मिक समय, शून्य समय र विशेष समयमा बोल्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमै गरिएको हुन्छ । सोहीअनुसार सांसदहरूले संसदमा आफ्ना अभिव्यक्ति दिनुपर्ने सभामुख घिमिरेको भनाइ थियो।