१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३० बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ३० बिहीबार १६:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

झन्डै ६ खर्ब पुग्यो देशको बेरुजु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ३० बिहीबार १६:१६:oo

देशको बेरुजु झन्डै ६ खर्ब पुगेको छ। महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८/७९ सम्ममा देशको कुल अद्यावधिक बेरुजु पाँच खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ पुगेको हो।

सरकारीस्तरबाट भएका अपारदर्शी खर्चलाई बेरुजु मानिन्छ। कारबाही गरी टुंगाे लगाउनुपर्नेसहितको अद्यावधिक रकम भने नाै खर्ब ५९ अर्ब ७९ करोड सात लाख पुगेको छ।

अघिल्लो वर्षको तुलनामा बेरुजु २१.४५ प्रतिशतले वृद्धि भएको छ। आव ०७७/७८ मा चार खर्ब ८३अर्ब ५९ करोड बेरुजु थियो। गत वर्ष मात्र एक खर्ब १९ अर्ब ७७ करोड बेरुजु थपिएको छ।