१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सेयर बाँडफाँट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५२:oo

 मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडकोे सर्वसाधारणमा निष्कासित प्राथमिक सेयर (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले उक्त सेयर बाँडफाँट गरेको हो । 

प्रभु क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक भई चैत १९ देखि २२ गतेसम्म सार्वजनिक रूपमा निष्कासन खुला गरिएको सर्वसाधारणका लागि निष्कासित १३ लाख ३७ हजार तीन सय दुई कित्ता सेयरका लागि मागभन्दा अधिक सेयरका लागि आवेदन प्राप्त भएको जनाइएको छ ।

उक्त बाँडफाँटमा रीतपूर्वक प्राप्त भएका १२ लाख ८१ हजार चार सय दुईजना रीतपूर्वक प्राप्त भएका आवेदनहरूमध्ये एक लाख ३३ हजार सात सय ३० जनालाई १० कित्ताका दरले र दुईजनालाई थप एक कित्ता सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । 

हाल मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको सुरी खोला जलविद्युत् आयोजनाको ६.४ मेगावाट क्षमताको विद्युत् मिति वैशाख २८ देखि व्यावसायिक उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरी बिक्री गरिरहेको तथा माथिल्लो सुरी खोला जलविद्युत् आयोजनाको ७ मेगावाट क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको जनाइएको छ ।
 

ad
ad