मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ३० बिहीबार ०८:०७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पछिल्लो ६ दिनमा ३,४३५ स्थानमा डढेलो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ३० बिहीबार ०८:०७:००

नेपालमा पछिल्लो ६ दिनमा तीन हजार चार सय ३५ स्थानमा डढेलो लागेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माका अनुसार यस वर्ष हिउँदमा निकै कम वर्षा भएकाले डढेलो बढेको हो । ‘मंगलबारसम्म गण्डकी र पूर्वी क्षेत्रमा डढेलो थियो, बुधबारबाट देशभर डढेलो लागिरहेको छ,’ उनले भने, ‘डढेलो अझ बढ्ने देखिन्छ । 

बुधबार ६ सय ८१ स्थानमा डढेलो लागेको छ भने मंगलबार ६ सय दुई स्थानमा डढेलो थियो । शुक्रबार तीन सय ३६, शनिबार पाँच सय ४७, आइतबार पाँच सय ६२ र सोमबार सात सय सात स्थानमा डढेलो लागेको थियो ।

बुधबार चितवन, बारा, बर्दिया, दाङ, धादिङ, गोरखा, काभ्रे, मकवानपुर, नवलपरासी, पर्सा, प्युठान, रामेछाप, रौतहट, रुपन्देही, सिन्धुली, सिराहा, स्याङ्जा, तनहुँ र उदयपुरका कैयौँ क्षेत्रमा डढेलो लागेको छ ।