१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रोल्पामा २८ रोपनी अफिम खेती नष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:२७:oo

रोल्पामा प्रहरीले ठूलो परिमाणमा अवैध अफिम खेती नष्ट गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरी सुराकीसमेतले यकिन गरी करिब २८ रोपनीमा लगाइएको अफिम खेती नष्ट गरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयबाट डिएसपीकै नेतृत्वमा खटिएको ३८ जनाको टोलीले परिवर्तन गाउँपालिका– ४ का खोलागाउँ, तारल, बसुन्धारालगायतका ठाउँहरूबाट २० रोपनी क्षेत्रफलको पाखोबारीमा लगाइएको करिब १८ हजार बोट अवैध अफिम खेती फडानी गरी नष्ट गरेको हो।

त्यस्तै, प्रहरी निरीक्षकको नेतृत्वमा ३० जनाको प्रहरी टोली खटिई परिवर्तन गाउँपालिकाकै वडा नं. ४ को जरेनी, तातापानी भन्ने ठाउँको पाखोबारी र वडा नं. ५ को बजेनी भन्ने ठाउँको जंगलबीचमा रहेको बर्खेखुटीमा लगाएको आठ रोपनी क्षेत्रफलमा करिब सात हजार पाँच सय बाेट अफिमका बाेट नष्ट गरिएको प्रहरीले जनाएको छ । दुई ठाउँको गरी २८ रोपनी पाखोबारीमा २५ हजार पाँच सय बोट अवैध अफिम खेती नष्ट गरिएको छ ।

अवैध अफिम खेती नष्ट रोल्पालीकै उपलब्धि : प्रजिअ
प्रमुख जिल्ला अधिकारी मरमानन्द घिमिरेले अवैध अफिम खेती नष्ट गरिँदा रोल्पाली सीधासाधा जनतालाई नै फाइदा भएको बताए । ‘अफिम ओसारपोसारमा पैसाको प्रलोभन देखाएर सीधासाधा जनतालाई प्रयोग गरिन्छ,’ प्रजिअ घिमिरेले भने, ‘बारीबाटै नष्ट गरिदिएपछि पैसाको लोभमा ओसारपोसारमा अरू कोही रोल्पाली फस्ने भएनन्।’

अहिलेसम्म मुख्य व्यक्तिभन्दा पनि पैसाको लोभमा ओसारपोसारमा प्रयोग गरिएका सर्वसाधारण फस्ने गरेको बताउँदै उनले त्यसतर्फ सबैको सचेतता आवश्यक रहेको बताए । प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले पनि अवैध अफिम खेती नष्ट गर्न पाएको सफलता रोल्पालीका लागि ठूलो उपलब्धि भएको बताए ।

गत वर्ष पनि यही समयमा परिवर्तन– ४ को सिजाखोलामा करिब नाै कट्ठा जमिनमा गरिएको अफिम खेती नष्ट गरिएको थियो भने पूर्वी रोल्पाको उवा आसपासका क्षेत्रबाट करिब दुई सय १० रोपनीको अवैध अफिम खेती नष्ट गरिएको थियो ।

ad
ad