१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डाबर नेपालको ‘रियल फिज्जिन’ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o३:oo

डाबर नेपालले आकर्षक कार्बोनेटेड सफ्ट ड्रिंक सेगमेन्टमा नयाँ कार्बोनेटेड पेय पदार्थ ‘रियल फिज्जिन’ बजारमा ल्याएको छ । कम्पनीले एप्पल, मसला कोला र निम्बु गरी तीनवटा भेरियन्ट पेट बोतलमा बजारमा ल्याएको हो । 

११ दशमलव २ प्रतिशत फलफूलको जुस भएको रियल एप्पल फिज्जिन १५० मिलि, २५० मिलि र ५०० मिलिमा उपलब्ध रहेको जनाइएको छ । यसको मूल्य क्रमशः ३०, ५० र ८० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । त्यस्तै, जिराको मसलादार स्वाद भएको रियल मसलाकोला फिज्जिनमा १०.५ प्रतिशत फलफूलको रस रहेको जनाइएको छ ।

रियल निम्बु फिज्जिनमा ५ प्रतिशत रिफ्रेसिङ लेमन जुस रहेको उल्लेख छ । मसलाकोला र निम्बु १५० मिलि प्याकमा उपलब्ध रहेको र मूल्य ३० रुपैयाँ रहेको जनाइएको छ । डाबर नेपालका बिजनेस हेड एचएस बेदीले रियल फिज्जिन कम्पनीले आफ्ना नेपाली उपभोक्तालाई नयाँ र फरक उत्पादनले खुसी पार्ने निरन्तर प्रयासको परिणामस्वरूप बजारमा आएको बताए ।

डाबर नेपालका अतिरिक्त महाप्रबन्धक अभयप्रसाद गोर्खालीले पहिला स्फूर्ति र फलफूलको मीठो स्वादका लागि उपभोक्ताले छुट्टाछुट्टै कार्बोनेटेड सफ्ट ड्रिंक अथवा फ्रुट जुस छान्नुपर्नेमा कार्बोनेटेड सफ्ट ड्रिंकमा ताजा फलफूलको स्वाद नभई कृत्रिम स्वाद हुने जनताको बुझाइलाई ध्यानमा राखेर रियल फिज्जिन बजारमा ल्याएको बताए ।

जसले गर्दा उपभोक्ताले कार्बोनेटेड सफ्ट ड्रिंकबाट स्फूर्ति पाउनुका साथै ताजा फलफूलको मीठो स्वाद पाउने उनको भनाइ थियो ।

ad
ad