१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एसियन पेन्ट्स नेपालका नयाँ उत्पादन बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४९:oo

एसियन पेन्ट्सले स्मार्ट केयर समूहका दुई नयाँ उत्पादनहरू बजारमा ल्याएको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको डिलर मिटमा सिलिकन सिल्ड र हाइड्रोलक पेन्ट्स बजारमा ल्याएको घोषणा गरेको हो । 

यसले भित्ताहरूमा ओस र सोडा लाग्ने समस्यालाई रोकथाम गर्ने कम्पनीको भनाइ छ ।  यसका साथै कम्पनीले अरू दुई उत्पादन रोयलप्ले समूहअन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेको जनाएको छ । यी रोयलप्ले समूहका उत्पादनहरूले घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने जनाइएको छ ।   

सिलिकन सिल्डमा जलप्रतिरोधक तत्व हुनुका साथै यसमा उत्कृष्ट पेनिट्रेटिभ फर्मुलेसन रहेको कम्पनीको दाबी छ, यो इँटाहरू, ढुंगाहरू र क्लेटायलहरूका  लागि अनुकूल रहनुका साथै घरको बाहिरी भित्ताहरूलाई सोडा लाग्ने समस्याबाट जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राख्ने कम्पनीले जनाएको छ । त्यस्तै, हाइड्रोलक एकअर्को पेनिट्रेटिभ जलप्रतिरोधक सोलुसन भएकाले प्लास्टर गरिएका भित्ताहरूलाई ओस र सोडा लाग्नबाट सुरक्षित राख्नका लागि प्लास्टरमाथि लगाउन अत्यन्त उपयुक्त भएको जनाइएको छ ।

रोयलप्ले बारिकले अरेबियन मरुभूमिहरूबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिने कम्पनीको दाबी छ । यो ओसन वेभ र वोर्ल इफेक्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 
 

ad
ad