१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २७ सोमबार
  • Friday, 09 May, 2025
२o७९ चैत २७ सोमबार o७:o२:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आगलागीबाट रौतहटमा २२ घर जले : डेढ घन्टापछि मात्रै दमकल पुग्दा क्षति बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २७ सोमबार o७:o२:oo

रौतहटको माधवनारायण नगरपालिका– ४ मानपुरको बिसुनपुर्वा गाउँमा आगलागी हुँदा १५ परिवारका २२ घर–टहरा जलेका छन् । आगलागी भएको डेढ घन्टापछि मात्रै दमकल पुग्दा धेरै घरमा क्षति पुगेको हो ।

मानपुरका वडाध्यक्ष रामदेनी मुखियाका अनुसार स्थानीय बद्री भगत मालीको घरबाट आइतबार दिउँसो डेढ बजे सल्किएको आगो बस्तीभर फैलिएको थियो । त्यतिखेर यस क्षेत्रमा हावाहुरी पनि चलेको थियो ।

आगलागीमा पाँच बाख्रा, घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, नगद र गरगहना जलेका छन् । बालकेसी देवीको दुई लाख, हरेसी मुखियाको तीन लाख र महेसी मुखियाको ६३ हजार गरी पाँच लाख ६३ हजार  नगद जलेको छ । उनीहरूका छोरा वैदेशिक रोजगारमा जाने तयारीमा थिए, त्यही भएर ऋण लिएर नगद राखेका थिए ।

‘दिउँसो खाजाका लागि रोटी पकाउन आगो बाल्दा आगो सल्किएको हो, जलेकामध्ये सबैजसो फुसका घर छन्,’ वडाध्यक्ष मुखियाले भने, ‘आगो सल्किएपछि घरबाट केही पनि झिक्न पाएनौँ, मान्छे बाँचे त्यही ठूलो कुरा हो ।’ आगलागी भएको डेढ घन्टापछि मात्रै सदरमुकाम गौर र चन्द्रनिगाहपुरबाट दमकल पुगेका थिए ।