मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १९ आइतबार १२:४४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश र गुल्मीमा नेतृत्व चयन

Read Time : > 1 मिनेट
२०७९ चैत १९ आइतबार १२:४४:००

नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश संयोजकमा नारायणप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएका छन्। गुल्मीको तम्घासस्थित बालमन्दिरमा आयोजित स्वास्थ्यकर्मीहरूको भेलाले अर्यालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो।

युनियनको उपाध्यक्षमा दिलबहादुर थापा, महिला उपाध्यक्षमा इन्दु घर्तीमगर, सचिवमा प्रमोद ज्ञवाली, सहसचिवमा सपना टन्डन, कोषाध्यक्षमा रेनुका पाण्डेय र सहकोषाध्यक्षमा ढुण्डीराज पन्थी निर्वाचित भएकाे निर्वाचन समिति संयोजक पशुपति आचार्यले जानकारी दिए। 

सदस्यहरूमा भगवती ज्ञवाली, मिलन खासु, मनीषा नेपाली, लक्ष्मी श्रेष्ठ, सुमन पन्थी, श्यामसुन्दर पोख्रेल, ठाकुर ज्ञवाली, पशुपति कँडेल, रोशन घर्ती, शेषराज खत्री, तोमबहादुर श्रीस, गोविन्दराज अर्याल र रमेशराज मरासिनी निर्वाचित भएका छन्।

जिल्ला अध्यक्षमा पोख्रेल
नेपाल स्वास्थ्यकर्मी युनियन जिल्ला कार्यसमिति गुल्मीको चौथो भेलाले पुनः श्यामसुन्दर पोख्रेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

उपाध्यक्षमा पशुपति कँडेल र सृजना पोख्रेल, सचिवमा रोशन घर्ती, सहसचिवमा भूपेन्द्र डोटेल, कोषाध्यक्षमा सरस्वती गौतम र सहकोषध्यक्षमा सुशीला अर्याल निर्वाचित भएका छन्। सदस्यहरूमा ढुण्डीराज पन्थी, ठाकुर ज्ञवाली, सुमन पन्थी, शेषराज खत्री, लक्ष्मी परियार, गोविन्दराज अर्याल, रमेश मरासिनी, कृष्ण आचार्य, रोशन न्यौपाने, भूमा थापा र गंगा शर्मा रहेका छन्। 

स्थानीय तह सबलीकरण नहुँदा समस्या : अध्यक्ष शर्मा 
नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय अध्यक्ष उज्जल शर्माले स्थानीय तह सवलीकरण नहुँदा थुप्रै स्वास्थ्यकर्मीहरूले दुःख पाएकाे बताए। संघ, प्रदेश र स्थानीय तहमा ऐन तथा स्रोत र साधनविना स्वास्थ्यकर्मी समायोजन गरिएकाले अवस्था अस्तव्यस्त बनेको शर्माले टिप्पणी गरे। 

नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेशको पहिलो तथा चौथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै शर्माले स्वास्थ्यकर्मीलाई ग्रेड २ को लोभ देखाएर स्थानीय र प्रदेश तहमा पठाउने र पछि खोस्ने प्रवृत्तिको विरोध गरे। 

उनले कोभिडको विषम परिस्थितिमा निजामती कर्मचारीले दुई वर्ष सुतेर तलब खाएपछि जोखिमयुक्त सेवामा दिनरात भिडेका स्वास्थकर्मीलाई एक रुपैयाँ प्रोत्साहन भत्ता नदिनु निकै दुःखको विषय भएको बताए।

कार्यक्रममा केन्द्रीय सचिव डाक्टर संगम खाइजुले आवश्यकताले संगठन र आन्दोलन जन्मने उल्लेख गर्दै नेपाल स्वास्थ्यकर्मी युनियन गठन भएको बताए। पेसामा छुट्टाछुट्टै विचार बोकेर उद्देश्य प्राप्त नहुने भएकाले सबै एकजुट बन्नुपर्नेमा उनको जोड थियो।

युनियनका वरिष्ठ सदस्य सुमेन्द्रराज जोशीले संघीयताको नाममा थुप्रै स्वास्थ्यकर्मीहरूको अधिकारका मुद्दा ओझेलमा परेको उल्लेख गरे। केन्द्रीय सचिवालय सदस्य लता महतले हरेक अप्ठ्यारामा स्वतन्त्र संगठन चाहिने भएकाले गाउँ–गाउँबाट सबै स्वास्थ्यकर्मीहरू एकताबद्ध बन्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा अवकाश प्राप्त नेपाल स्वास्थ्यकर्मी युनियन पूर्वउपाध्यक्ष खिमलाल भट्टराई र कोषाध्यक्ष खगराज पाण्डेयलाई सम्मान गरिएको थियो।