Skip This
कोसी प्रदेश नामकरण : पहिचान पक्षधरद्वारा वडा कार्यालय र प्रहरीको गाडी तोडफोड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ चैत १७ शुक्रबार १५:३३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोसी प्रदेश नामकरण : पहिचान पक्षधरद्वारा वडा कार्यालय र प्रहरीको गाडी तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार १५:३३:oo

प्रदेशको नाम ‘कोसी’मा असहमति राख्दै आन्दोलनरत पहिचानवादी समूहले सुनसरीको इटहरी उपमहानगरपालिका– २० नम्बर वडा कार्यालयमा तोडफोड गरेको छ । बाक्लो संख्यामा भेला भएका पहिचान पक्षधरहरूले आज बिहान वडा कार्यालयको झ्यालका सिसा र डिजिटल बोर्ड तोडफोड गरेका हुन् ।

विराटनगरमा प्रदर्शनपछि केही दिनअघिदेखि प्रदेशभित्रका विभिन्न नगर तथा वडा कार्यालयहरूमा तालाबन्दी गर्दै आएको थियो । इटहरी– २० का कार्यवाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार प्रदर्शनमा उत्रेकाहरूले आफूहरूसँग छलफल गरेर ताला लगाएपछि एक्कासि तोडफोड गरेका हुन् । ‘वडा कार्यालयमा सुरुमा ताला लगाइएको थियो, त्यसवेला हामी बाहिरै निस्कियौँ,’ उनले भने, ‘हामी तल झर्दै गर्दा एक्कासि झ्यालको सीसा, डिजिटल बोर्डमा समेत तोडफोड गरियो ।’ 

यस्तै, तरहरा प्रहरी चौकीको ना.१झ ६२० नम्बरको गाडीसमेत तोडफोड गरेका छन् । वडा कार्यालयमा प्रहरीको गाडी पुग्नेबित्तिकै आन्दोलनकारीहरूले प्रहरीको गाडी तोडफोड गरेका हुन् । ढुंगामुढा प्रहारबाट दुई प्रहरी सामान्य घाइते भएका गुरुङले बताए ।

धरानमा छाप जलाइयो, वडा कार्यालयहरूमा ताला
बिहीबार एक समूहले धरान उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो । प्रदर्शनकारीले करिब साढे ११ बजेतिर ताला लगाएर कार्यालयको छापसमेत जलाएका थिए । पछि प्रहरी आएर ताला खुलाए पनि सोही कारणले शुक्रबारसमेत सेवा प्रवाह प्रभावित भएको सूचना अधिकारी ध्रुव अधिकारीले बताए ।

बिहीबार नै बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को कार्यालयमा समेत केहीबेर ताला लगाइएको थियो । प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने भन्दै एक समूहले वडा कार्यालयमा ताला लगाएको हो । केही दिनअघि इटहरी उपमहानगरपालिकाको कार्यालयमा समेत नाराबाजी गर्दै ताला लगाइएको थियो ।