मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Friday, 03 January, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत १७ शुक्रबार o८:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एसइई आजदेखि सुरु : पाँच लाख १६ हजार परीक्षार्थी सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार o८:o५:oo

७८ हजार जनशक्ति परिचालन : परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारदेखि सुरु भएकाे छ । यस वर्षको एसइईमा पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी भएका छन् । 

एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार  देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानका विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७८ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएकाे छ ।

यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी पाइएको छ । दुई लाख ६० हजार ६ सय ७४ छात्र र दुई लाख ५५ हजार नौ सय १७ छात्रा सहभागी छन् । पनिकाका अनुसार सबैभन्दा धेरै विद्यार्थी तथा परीक्षा केन्द्र बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा छन् । बागमती प्रदेशमा चार सय ३४ परीक्षा केन्द्र र एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी रहेका छन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ । परीक्षा २९ चैतसम्म सञ्चालन हुँदै छ । 

सबैभन्दा कम रहेको कर्णालीमा एक सय ७९ परीक्षा केन्द्र र परीक्षार्थी ४१ हजार तीन सय २९ रहेको बोर्डले जनाएको छ । त्यसैगरी, कोसी प्रदेशमा तीन सय ७८, मधेसमा दुई सय ७९, गण्डकीमा दुई सय २३, लुम्बिनीमा तीन सय ३४ र सुदूरपश्चिम प्रदेशमा दुई सय नौ परीक्षा केन्द्र तय गरिएको छ । 

अघिल्लो वर्षको एसइईमा देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन भरेकामा चार लाख ९५ हजार ६ सय ४८ जना परीक्षामा सहभागी भएका थिए ।